दफा १२
इजाजतपत्रवालाले शर्त पालना गर्नु पर्ने
: यो ऐन, यस ऐन अन्तर्गत बनेको नियम तथा इजाजतपत्रमा लेखिएका शर्तका अतिरिक्त इजाजतपत्रवालाले देहाय बमोजिमका शर्त पालना गर्नु पर्नेछ ः-
(क) वस्तुको प्रत्यक्ष बिक्री वा वितरण सम्बन्धी कार्य गर्दा असीमित दायित्व सृजना गर्ने खालको प्याकेज बनाई वस्तुको बिक्री गर्न नहुने,
(ख) निश्चित परिमाणको वस्तु खरिद गर्नु पर्ने र त्यस्तो वस्तु खरिद नगरे इजाजतपत्रवालाको व्यावसायिक योजना अनुसार बोनस वा कमिशन प्राप्त नगर्ने खालको बन्धनकारी व्यवस्था राख्न नहुने,
(ग) उपभोक्तालाई आफ्नो इच्छा अनुसारको छुट्टाछुट्टै सामान खरिद गर्न दिनु पर्ने,
(घ) इजाजतपत्रवालाले वस्तुको कारोबार नगरी केवल प्रत्यक्ष बिक्रेता वा वितरक मात्र बनाउने कार्य गर्न नहुने,
(ङ) उपभोक्ताको स्वास्थ्यमा प्रतिकूल असर पर्ने किसिमका उपभोग्य वस्तुको उत्पादन, प्रचार प्रसार वा बिक्री वितरण गर्न नहुने,
(च) तोकिए बमोजिमका अन्य शर्त ।